|

काठमाडाैं : लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले जारी गरेको नक्सा अस्वीकार्य हुने भारतले बताएको छ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपाल सरकारको यो कदमलाई भारतले विरोधस्वरुप असहमति जनाएको हो। भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति नै जारी गरी नेपालले निकालेको नक्सामा भएका ती भूभाग आफ्नो भएको बताएको छ। 

‘परिवर्तित नक्सामा भारतीय भूभागहरू समेत समेटिएको छ। नेपालले एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य–प्रमाणविपरीत छ, सीमासम्बन्धी मुद्दा कूटनीतिक माध्यमबाट हल गर्ने द्विपक्षीय समझदारीको पनि विरुद्ध छ,’ भारतीय विदेश मन्त्रालयले बुधबार बेलुकी जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कृतिम रुपमा प्रस्तुत गरिएको यस्तो दावी भारतलाई मान्य हुने छैन।’

विज्ञप्तिमा भारत अगाडि भन्छ, ‘नेपाल यस मामिलामा भारतको अडानबारे राम्ररी जानकार छ। हामी नेपाललाई अनुचित दाबीबाट परै रहन र भारतको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्न आग्रह गर्छौं।’

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामी आशा गर्छौं, नेपालको नेतृत्वले कूटनीतिक माध्यममार्फत सीमासम्बन्धी मुद्दा हल गर्ने सकारात्मक वातावरण सिर्जना गर्नेछ।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक

एकपक्षीय ढंगले निकालिएको यो नक्सा तथ्य र प्रमाणका आधारमा नभएको र सीमा विवाद द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधानको सम्झौताविपरीत भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.