|
रेडक्रस सोसाइटी सुनसरीको एम्बुलेन्सबाट संक्रमितलाई अस्पताल लगिँदै।

सुनसरी : धरान उपमहानगरपालिका-१३ की कोरोना संक्रमितलाई कोरोना पुष्टि भएको १८ घण्टापछि बल्ल अस्पताल लगिएको छ।

सुनसरीका कुनै एम्बुलेन्सले सङ्क्रमित बिरामी बोक्न नमानेपछि केहीबेर अघि नेपाल रेडक्रस सोसाइटी सुनसरीको एम्बुलेन्सबाट संक्रमितलाई अस्पताल लगिएको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए। को१च ९२२१ नम्बरको एम्बुलेन्समा राखेर सङ्क्रमितलाई अस्पताल पठाइएको १३ नम्बर काफ्लेले जानकारी दिए।

 एम्बुलेन्स नपाएर सङ्क्रमितलाई एक दिनसम्म घरमै राख्नु परेको भन्दै वडाबासी आक्रोशित भएका छन्। ती महिलामा बुधबार साँझ ५ बजे कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

सुनसरीमा ७२ वटा एम्बुलेन्स सञ्चालनमा छन्। तर कुनैले पनि बिरामी बोक्न नमानेपछि अन्तिममा रेडक्रसको एम्बुलेन्समा संक्रमितलाई अस्पताल लगिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.