|

काठमाडौं : सरकारले पछिल्लो २४ घटामा ७ हजार ३६ वटा कोरोना भाइरसको परीक्षण गरेको छ। पछिल्लो २४ घण्टामा पिसिआरविधिमार्फत ३ हजार ४ सय १३ वटा र र्‍यापिट डाइग्नोष्टिक किट (आरडिटी) विधिमार्फत ३ हजार ६ सय २३ वटा परीक्षण गरिएको हो।

यससँगै पिसिआर विधिमार्फत गरिएको परीक्षण संख्या ३८ हजार ७ सय ३६ र आरडिटी विधिमार्फत गरिएको नमुना परीक्षणको संख्या ७८ हजार ६ सय ९५ वटा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रादेशिक विवरणअनुसार आरडिटी विधिमार्फत सबैभन्दा बढी परीक्षण सुदूरपश्चिम प्रदेशमा भएको जानकारी दिएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सुदूरपश्चिममा हालसम्म १९ हजार ४ सय ८५ वटा परीक्षण भएको बताए। त्यसपछि बागमती प्रदेशमा १७ हजार ४ सय ४९ वटा, प्रदेश नम्बर ५ मा १० हजार ५ सय ६२ वटा, प्रदेश नम्बर १ मा ९ हजार ८ सय ३७ वटा, कर्णाली प्रदेशमा ७ हजार ६ सय ६५ वटा र गण्डकी प्रदेशमा ७ हजार १८ वटा परीक्षण भएको छ । सबैभन्दा कम परीक्षण हुने प्रदेश भने २ नम्बर हो । जहाँ  ६ हजार २ सय ७९ वटा परीक्षण मात्र गरिएको छ ।

बिहिबारको अपडेटअनुसार बिहिबारसम्म देशभर क्वारेन्टाइनमा बस्नेहरुको संख्या २५ हजार ३० जना रहेको छ । जसअनुसार प्रदेश नम्बर १ मा १ हजार ३ सय ४९ जना, प्रदेश नम्बर २ मा ४ हजार ९ सय ६६ जना, बागमती प्रदेशमा ५ सय २८ जना, गण्डकी प्रदेशमा ५ सय ९१ जना, प्रदेश नम्बर ५ मा १४ हजार ७ सय ६० जना, कर्णाली प्रदेशमा ७ सय ४१ जना र सुदुरपश्चिम प्रदेशमा २ हजार ९५ जना रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.