|

म्याग्दी : म्याग्दीमा थप एकजनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। बुधबार बेनी अस्पतालमा आएकी बेनी नगरपालिका–५ छापाकी १८ वर्षीया युवतीमा स्क्रब टाइफसको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।

उनका अनुसार युवतीमा १०३ डिग्री ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखिएको थियो। योसंगै म्याग्दीमा स्क्रब टाइफसका बिरामीको संख्या तीन पुगेको छ। यसअघि पुस १७ मा बेनी–९ गलेश्वरकी ६६ वर्षीया महिला र बैशाख ९ मा मंगला गाउँपालिका–५ अर्मनका १७ वर्षीय पुरुषमा पुरुषमा स्क्रब टाइफस र डेँगु देखिएको थियो। 

स्क्रब टाइफस संक्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्ने लगायत जस्ता लक्षण देखिने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.