|

काठमाडौ :  नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ। 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.