कोभिड-१९ {अपडेट}

गुल्मीका मृतक कोरोना संक्रमितको शव सेनाले उठायो

जेठ ९, २०७७

    रुपन्देही : कोरोना संक्रमणका कारण मृत्यु भएका गुल्मी मदानेका ४१ वर्षीय पुरुषको शव नेपाली सेनाको टोलीले उठाएको छ। 

    रुपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान ७ बजेतिर ती संक्रमितको मत्यु भएको थियो । आज दिउँसो २ बजे सेनाले शव उठाएको हाे। सेनाको टोलीले अस्पतालको माथि गई मृतकको शवलाई र्‍यापिङ गरी शव वाहनमा राखेर अस्पतालबाहिर ल्याएको छ। 

    प्रहरीले स्टर्किङमार्फत सेनाले शव लगेको छ। अस्पतालको लापरवाहीले उनको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पतालमाथि आरोप लगाइरहेका थिए। आफन्तले उनमा फेरि पनि कोरोना परीक्षण गर्नुपर्ने माग राख्दै आएका थिए। मृत्युबारे छानबिन हुनुपर्ने र दोषीमाथि कारबाहीको माग उनीहरुले गरेका थिए। 

    तर सेनाको टोली आएर शव उठाउने भनेपछि आफन्तले हस्ताक्षर गरेका रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिएका छन्। शवलाई सुरक्षित तवरले विद्युतीय शवदाह गृहमा जलाइने पनि उनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]