|

काठमाडाैं : संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरुप कायम गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले प्रस्ताव दर्ता गरेकी हुन्।  

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिसकेको छ। उक्त क्षेत्र निशान छापमा समावेश हुनुपर्छ।  

संविधान संशाेधनका लागि प्रतिनिधिसभाको दुई तिहाई मत आवश्यक हुन्छ। संविधानको अनुसूची ३ अनुसार निशान छापमा समावेश गर्न संविधान संशाेधन अनिवार्य छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.