गणेशमान भवनको आइसाेलेसनमा सारिँदै

|

काठमाडाैं : महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक जना बिरामी महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

हेटौँडा ३ मकवानपुर स्थायी घर भएकी ५४ वर्षीया बिरामीको शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। 

मुटुको चाल गडबडी भएर उपचारका लागि ल्याइएकी महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । हेटौंडाबाट आएको हुनाले उनको नमूना झिकेर कोरोना परीक्षणका लागि पठाइएको अस्पताल स्रोतले जनाएको छ। 

‘खास समस्या मुटुको चाल गडबडी हो तर तराईबाट आएको हुनाले एक पटक नमुना परीक्षणका लागि दिउँ भनेर पठाइएको थियो । पोजेटिभ निस्कियो,’ एक जना चिकित्सकले भने । 

ती महिलालाई भर्ना भएदेखि नै छुट्टै सीसीयू कक्षमा आइसोलेसनकै रुपमा राखिएको समेत उनले बताए। रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई मनमोहनले त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा बनाइएको कोरोना उपचार कक्ष लेभल थ्रीमा सार्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.