|

ब्राजिलका अस्पतालमा पर्याप्त बेड नहुँदा बचाउन सकिने बिरामीको पनि मृत्यु भइरहेको त्यहाँका चिकित्सकहरुले बताएका छन्। 

धेरै मानवीय क्षति ब्यहोरेका मुलुकमध्ये ब्राजिल छैठौं स्थानमा उक्लिएको छ। त्यहाँ अहिलेसम्म २१ हजार ४८ जना संक्रमितको ज्यान गइसकेको छ। संक्रमित संख्याका हिसाबले दोस्रो स्थानमा छ। हालसम्म तीन लाख ३० हजार ८९० जना संक्रमित भेटिएका छन्।

अमेजन प्रान्तमा कार्यरत चिकित्सक जोआओ आलोले सबै मानिसका लागि अस्पतालमा बेड नभएकाले उपचार नपाउँदा धेरैको ज्यान गइरहेको बताएका छन्। उनले भनेका छन्, 'म खटिएको आइसीयू युनिटका चार डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ, एकजना नर्स आइसीयूको भेन्टिलेटरमा राखिएका छिन्।' 

महामारीले देशलाई नराम्ररी दपेटेपछि राष्ट्रपति जेर बोलसोनारोको कुशलतामाथि प्रश्न उठ्न थालेको छ। विज्ञहरुले ब्राजिलले अझै महामारीको चर्को क्षति ब्यहोर्न बाँकी नै रहेको चेतावनी दिएका छन्। 

साओ पाउलोमा कार्यरत चिकित्सक लेतसिया कवानो दोरोनाले पनि शहरमा बनेका अस्थायी अस्पतालमा निकै गम्भीर अस्पतालमा पुगेका संक्रमित उपचारका लागि आइरहेको, तर पर्याप्त स्थान नहुँदा उपचारमा समस्या भइरहेको बताएकी छिन्। नजिकैको खेल मैदानमा बनाइएका चारवटा अस्पताल भरिभराउ भएको उनले जानकारी दिएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.