कोभिड-१९ {अपडेट}

थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

जेठ १०, २०७७

    काठमाडौं : नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार यो सँगै संक्रमितको संख्या ५४८ पुगेको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन्‌।

    स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ।

    यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैयामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको हो।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]