|

काठमाडौं : देश करिब दुई महिनादेखि लकडाउनमा। यतिबेला विकास निर्माणका कार्य पनि रोकिएका छ्न। तर, सडक निर्माण, पुनर्निर्माण र विद्युत् केवल भूमिगत गर्ने कार्य भने रोकिएको छैन।

यतिबेला विद्युत प्राधिकरणले चावहिल बूढानीलकण्ठ सडकमा तार भूमिगत गर्ने काम सुरु गरेको छ। अहिलेसम्म गौशालादेखि चावहिलसम्म तार बिछ्याउने कामका साथसाथै खानेपानीको नयाँ पाईप राखेर कालो पत्रेको तयारी गरिदै छ।

प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्द्र अन्तर्गतबाट भइरहेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ। महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बूढानीलकण्ठ, टोखा, गोङ्गबु, महाराजगञ्ज लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइनेछ। प्राधिकरणको यो काम २०२१ अक्टोबर सम्ममा सक्ने गरी भारतको केईआई कम्पनीले  ठेक्का लिएको हो।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.