महाशाखा प्रमुख भन्छन् : निजी अस्पताल प्रयोगमा ल्याउँछौँ

|

काठमाडौं : कोरोना भाइरसको संक्रमण देशभर बढिरहेका बेला प्रदेश १ मा पनि निरन्तर बढ्दै गएको छ। हालसम्म प्रदेश १ मुख्यमन्त्रीको कार्यालयको कोरोना इन्फर्मेसन डेस्कका अनुसार यस प्रदेशमा मात्र ८४  जना संक्रमति पुगिसकेकका छन्। दिनहुँजसो संक्रमित थपिँदै जाँदा संक्रमितको संख्या नियन्त्रणभन्दा बाहिर  जाने देखिएको छ।

प्रदेश सरकारले  जिल्लाका विभिन्न अस्पतालमा संक्रमित उपचारका लागि आइसोलेसन केन्द्र बनाएको छ। कोरोना नियन्त्रणको लागि आइसोलेसन निर्माणले मात्र पर्याप्त तयारी रहेको छैन। तर, यहीअनुसार संक्रमण थपिँदै जाँदा अस्पतालमा भएको स्रोत साधनले धान्न गाह्रो देखिन्छ।

हालसम्म कोरोना शंकास्पद बिरामी राख्‍नका लागि ६ हजार ३ सय ६७ बेड सहितको क्वारेन्टाइन, आइसोलेसन ४ सय ५५ र आइसियु ४४ छन्।

प्रदेश १ मा खुला सीमाको कारण भारतबाट नेपालीहरु भित्रिने सम्भावना छ। खुला सीमा नियन्त्रण हुन नसक्दा दैनिकजसो संक्रमितको संख्या बढिरहेको छ। सुविद्यायुक्त क्वारेन्टाइन नुहँदा संक्रमितहरुको व्यवस्थापन र उपचारमा चुनौती हुने देखिएको छ। संक्रमितको अवस्था जटिल बन्दै जाँदा पर्याप्त मात्रामा कोभिडअस्पताल केन्द्रमा आइसीयु छैनन्।

संक्रमित बढदै गए निजी अस्पताल प्रयोगमा ल्याउँछौँ

कोभिडका संक्रमितहरू थपिँदै गएपछि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय मातहतका जनस्वास्थ्य महाशाखाले अस्पताल थप गर्ने तयारी गरिरहेको प्रदेश १ का जनस्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेन्द्र मेहताले बताए। उनका अनुसार संक्रमितको संख्या बढ्न नदिनको लागि छिमेकी मुलुक भारतबाट आएका नागरिकलाई कडाइका साथ निगरानी गरिएको छ।

नाकामा भारतबाट आएका नागरिकको  प्रवेशमा कडाइ गरिएको छ। सुरक्षा संयन्त्रको बैठक बसी प्रदेश १ कोरोना संक्रमण बढन नदिनको लागि सरोकार निकाय गम्भीर छन्।

प्रदेश १ मा कोभिड अस्पताल मात्र २ वटा सञ्चालनमा रहेको  उनको भनाइ छ। मोरङको कोशी अस्पताललाई र सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार केन्द्र बनाइएको छ।

प्रदेश १ मा स्वास्थ्य उपचार केन्द्र पर्याप्त मात्रामा रहेकोले संक्रमितको संख्य बढदै गएमा उपचार केन्द्र थप गर्दै लगिने उनले बताए।

‘यस प्रदेशमा पर्याप्त मात्रामा निजी अस्पताल छन्, आवश्यक पर्नासाथ त्यसलाई प्रयोगमा ल्याइन्छ,’ डा मेहताले भने,’ अहिले प्रदेश सरकारले कसरी कोरोना संक्रमितको संख्या कम गराउन सकिन्छ त्यसमा ध्यान दिएको छ।’

सरकारीस्तरबाट मात्र सम्भव

निजी अस्पताललाई तत्काल नै कोरोना उपचार केन्द्रको रुपमा परिणत गर्ने योजना नरहेको उनले प्रष्ट पारे। निजी अस्पताललाई कोरोना उपचारमा प्रयोगमा ल्याउने कुरा भने सरकारीस्तरबाट सम्भव रहेको उनले बताए।

कोरोना बाहेकका अन्य बिरामीलाई पनि उपचार गर्नुपर्छ, त्यसैले अहिले अन्य बिरामीको उपचारलाई पहिलो प्राथमिकताका साथ हेरिरहेको उनले उल्लेख गरे।

यस प्रदेशमा उपचार केन्द्र बनाउनलाई कुनै पनि समस्या रहेको उनको जिकिर छ। ‘प्रशस्तै मेडिकल कलेजहरु छन,’ उनले भने,’ जनशक्ति पनि भरपुर मात्रामा छन्। आवश्यक परेमा निजी क्षेत्रका सबै जनशक्तिलाई उपयोग गर्ने योजना रहेको छ।’

अन्य भवनलाई प्रयोगमा ल्याउँछौ : प्रवक्ता न्यौपाने

अस्पताल परिसरको पेइङ भवनलाई  आइसोलेसनको लागि प्रयोगमा ल्याउनको लागि तयार गरिरहेको विपी कोइराला स्वास्थ्य विज्ञान तिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटा बताउँछन्। उनका अनुसार कोभिड अस्पतालमा भएका बेडलाई छुट्टै उपचारको लागि प्रयोगमा ल्याइएको हो। थप आवश्यक परेमा अस्पतालको अन्य भवनलाई प्रयोगमा ल्याउन सकिन्छ।

प्रवक्ता सापकोटाले थाहाखखबरसँग भने,’ अस्पतालको केही भवनलाई खाली पनि गरिएको छ। सिंगल कोठा र अर्को कोठामा दुई बेडसम्म राख्ने गरी अस्पताललाई क्वारेन्टाइन बनाउने तयारीमा छौँ। अस्पतालको आइसियु पनि प्रयोगमा ल्याउनलाई प्रयासमा छौँ।’

७०-देखि ८० जनालाई आइसोलेसनमा राख्‍न सक्नेगरी अस्पतालको भवनमा कोठा तयारी अवस्थामा तयारी अवस्थामा रहेको उनले जानकारी दिए। कोभिड अस्पतालमा १०० बेडको उपचार केन्द्र सञ्चालनमा छ।

अस्पतालमा उपचाररत संक्रमितलाई कोरोनाको लक्षण नदेखिएको उनको दाबी छ। विदेशमा जसरी कोरोनामा लक्षण देखिएको छ त्यस्तो लक्षण संक्रमितमा नदेखिएको सापकोटाले बताए।

सरकारले लकडाउन बढाउनेबाहेक अरू योजना ल्याएन

केन्द्र र प्रदेश सरकारले लकडाउन बढाउनेबाहेक अरू केही काम नगरेको आरोप लगाउँछन् प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला।

प्रदेश सरकारले केन्द्र सरकारसँग समन्वय गरेर पिसिआर परीक्षणको दायरा जतिसक्दो छिटो बढाउनुपर्ने उनको सुझाव छ। धरान र विराटनगर गरेर १०० जना व्यक्तिको परीक्षण भइरहेको र त्यसलाई अझ बढाउनुपर्नेमा उनले जोड दिए। कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेश सरकारको तयारी कमज‍ोर रहेको उनले प्रष्ट पारे।

प्रदेश १ का अधिकांश स्थानीय सरकारले क्वारेन्टाइन निर्माण गरेर केही हदसम्म कोरोना संक्रमण फैलिन नदिनको लागि सहयोग गरिरहेको उनको भनाइ छ। संक्रमितको संख्या बढिरहँदा र लकडाउन बढदै गएपछि संक्रमितलाई व्यवस्थापन गर्नको लागि क्वारेन्टाइन बनाएर स्थानीय सरकारले सबैभन्दा बढी भूमिका खेले पनि त्यो पर्याप्त नभएको उनले बताए।

प्रदेशभरमा हालसम्म कोभिड उपचार केन्द्र दुईवटा मात्र भएर नपुग्‍ने उनको भनाइ छ। सरकारले प्रदेशका १४ वटै जिल्लामा कोभिड उपचार केन्द्र खोल्नुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.