|

दैलेख : दैलेखका थप ५ जनामा काेराेना परीक्षण क्रममा पिसिआर रिपाेर्ट शंकास्पद देखिएको छ। उनीहरुको आरडिटी जाँच गर्दा पोजेटिभ भेटिएपछि पिसिआर परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो।   

प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार ती शंकास्पदहरुकाे रिपाेर्ट आइतबार साँझसम्म आउनेछ। स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार शंकास्पदमध्ये २ जना नारायण नगरपालिका र ३ जना डुंगेश्वर गाउँपालिकाका छन्। 

यसअघि दैलेखमा कोरोना पोजेटिभ भेटिएका कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमितको प्रदेश अस्पतालमा पिसिआर जाँच गर्दा रिपाेर्ट पोजेटिभ देखिएकाे  र पछि पुन परीक्षणका लागि नेपालगन्ज पठाई पुष्टि गरिएको थियो। 

शंकास्पद पाँच जना भारतबाट आएका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। उनीहरुलाई स्वास्थ्य सेवा कार्यालय दैलेखको आइसोलेसनमा राख्ने तयारी गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.