|

स्याङजा : कोरोना  संक्रमणको  त्रासले  निम्तिएको जारी  लकडाउनका  कारण  कृषि  श्रेत्र  नराम्रोसँग  प्रभावित  भएको  छ।  स्याङजामा  संचालनमा आएका  माछा  व्यवसायीहरूसमेत  यसको  चपेटामा  परेका  छन्।  

नयाँ  माछाको  भुरा  र  दानाको  अभाव  भएपछि यहाँका व्यावसायिक  माछा पालक किसान चिन्तित  बनेका  हुन्।  उनीहरुले  सहज  अवस्थामा    दैनिक  एक  क्विन्टलसम्म  माछा  बेच्ने  गरेका  थिए।  लकडाउनको  कारण  बजार  नपाएपछी  पोखरीमा  माछा  मर्ने  अवस्था  आएको  तारुखोला  मत्सय  तथा  कृषी  फर्मका  संचालक  तिलप्रसाद  गैह्रे  बताउँछन्।  उनी  भन्छन्, ' न  त  पोखरीका  माछालाई  दाना  ल्याउन  सकिन्छ,  न  त  उपभोक्ताको  घरमा  बेच्न  नै।’

३  करोडको  लगानीमा  ४  जना  व्यवसायीले  ५२  रोपनी  जग्गामा  संचालन  गरेको  यो  फर्ममा  रहु ,  ग्राँस  कार्ब,  सिल्भर  कार्ब  र  नैनी  जातका  माछा  पालिएका  छन्।  ‘ठूलो  उत्साहसहित  कृषि  कर्ममा  आकर्षित  भएर  लगानी  गरियो  तर  निरन्तरको  लकडाउनले  निराशा  पलाउन  थालेको  छ’,  कृषक  धन बहादुर  मल्लले  बताए।  
मल्ल  जस्तै  करिब  ५०  को  हाराहारीमा  माछा  पालकहरुले स्याङजा  जिल्लाभर  व्यवसायिक  माछा  पालन  गर्दै  आएका  छन्।  राज्यले  यस्ता  कृषकलाई  पहिचान  गर्दै  प्रोत्सहानस्वरूप विभिन्न  कार्यक्रम  अगाडी  सारेको  छ।    चालु आवमा  जिल्लामा  १८  वटा  मोडेल  फर्मले  अनुदानको  लागी  बिज्ञ  केन्द«मा  निवेदन  पेश  गरेको  भेटेनरी  अस्पत्ताल  तथा  पशु  सेवा  बिज्ञ  केन्द्रका  सूचना  अधिकारी  गोपाल  गिरीले  बताए।  

यही  निवेदनका  आधारमा  व्यावसायिक  माछा  पाल्दै  आएका  आँधिखोला  एग्रो  फर्म  र  बायँखोला  मत्सय  तथा  कृषी  फर्म  छनौटमा  परी      अनुदान  स्वरुप  २  लाख  ५०  हजार  प्राप्त  गरेका  थिए।  राज्यले  कृषी  श्रेत्रलाई  उकास्न  प्रोत्सहान  स्वरुप  यस्ता  कार्यक्रम  अघिसारे  पनि  महामारी  रोग  र  दैविक  प्रकोपले  बेलाबेलामा  कृषकलाई  सताउने  गरेको  छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.