|

बोस्टन : अमेरिकाको ओहायोबाट हराएका धनबहादुर सार्कीको गाडी भेटिएको छ। उनको गाडी ओहायोको वेस्टरभिल रोडमा भेटिएको हो भने अप्रिल १८ मा हराएका उनको कुनै खबर पाइएको छैन।

उनी स्थानीय डेटन क्षेत्रमा बसोबास गर्थे। उनी अप्रिल १८ दिउँसो २ बजेर ३० मिनेट जाँदा स्थानीय तामार्‍याक सर्कलमा साथीलाई छाड्न गएका थिए। त्यसपछि उनी घर नफर्किइ  बेपत्ता छन्। ५ फिट ४ इन्च अग्ला सार्की २०१७ को टोयोटा र्‍याभ चढेका थिए।

 गाडी ओहायो राज्यमा दर्ता छ, र नम्बर एचयुभी३५३२ हो। उनको गाडी सामान्य क्षति भएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ। उनको गाडी अरू कसैले छाडेको अनुमान स्थानीयले गरेका छन्। प्रहरीले अहिले उनी हराएको घटनालाई षडयन्त्र हो कि भन्ने शंका गरेको छ।

नेपालीभाषी धनवीर सार्की अमेरिकाको कोलम्बसबाट बेपत्ता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.