|

एजेन्सी : बेङ्लोरमा आइतबार एक जोडी वैवाहिक जीवनमा बाँधिदै थिए। जबकि त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो।

कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गर्दै आइरहेको छ। भारतमा अहिले चौथो चरणको लकडाउन छ। यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ। 

सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ। यस्तै अत्यावश्यक कामअन्तर्गत वैवाहिक कामलाई पनि मानिएको छ।

उपयुक्त र पर्याप्त आधारहरु देखाउन सके, अहिले नै गर्नुपर्ने बाध्यात्मक कारण पेस गर्न सके र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले वैवाहिक कार्यक्रम गर्नका लागि अनुमति दिने गरेको छ। 

यही आधारमा आइतबार कैयौँ जोडी वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरुलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमति दिइएको छ।

वैवाहिक कार्यक्रम गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, ५० जना भन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनुपर्नेलगायत आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनैपर्ने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। 

वैवाहिक कार्यक्रममा सहभागी एक जनाले भने, 'हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै २५ जनालाई मात्रै विवाहमा ल्याएका छौँ।' वैवाहिक जीवन शुरु गर्न लागेका अधिकांश बेहुलाबेहुलीले पनि मास्क लगाएका थिए भने अन्य सहभागीलाई अनिवार्य नै गरिएको थियो।

वैवाहिक कार्यक्रममा गर्भवती, ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा र १० वर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने व्यवस्था पनि गरिएको छ। विवाह गरिएको ठाउँमा सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनुपर्ने र थर्मल गनमार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नुपर्ने सरकारले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ।

सरकारले तय गरेका मापदण्डलाई अवलम्बन गर्दै धेरै जोडीले लकडाउनका बेलामा पनि वैवाहिक जीवन शुरु गरेका हुन्। उनीहरुको वैवाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा फरक मानिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.