|

सिन्धुपाल्चोक : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकी महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। 

कोरोना संक्रमणबाट जेठ ३ मा बाह्रबिसे–९ की सुत्केरीको मृत्यु भएपछि उनको सम्पर्कका १९५ जनाको स्वाब परीक्षण गरिएको थियो। पहिलो चरणमा ५४, दोस्रोमा १३३ र आइतवार आठजनाको स्वाब परीक्षणमा कोरोना संक्रमण नरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारि कृष्णराज तिवारीले जानकारि दिए। कोरोनाबाट सुत्केरीको मृत्यु भएपछि जेठ ४ र ५ मा जिल्ला जनस्वनस्थ्य कार्यालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य टोलीले मृतकको ‘कन्ट्राक्ट ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो।

‘मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा १९५ जना रहेको पाइयो र सबैको परीक्षण गरिएको छ,’ सूचना अधिकारि तिवारीले भने, ‘परीक्षण गरिएको कोही कसैमा पनि संक्रमण नरहेको नतिजा प्राप्त भएको छ।’ उनले परिवारका सवै सदस्यको कोरोना परीक्षण सकिएको र कसैमा पनि संक्रमण नरहेको जानकारी दिए। 

आररिटी पोजेटिभ आएपछि नवलपुर सिल

इन्द्रावती गाउँपालिका–४ नवलपुर बजार र आसपासका क्षेत्र सिल गरिएको छ। नवलपुरका एकजनामा आरडिटी पोजिटिभ देखिएपछि आइतबार गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकले नवलपुर सिल गर्ने निर्णय गरेको हो।

गाउँपालिकाले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेक सबै कामका रोक लगाइएको विज्ञप्तिमार्फत जानकारी गराएको छ। आरडिटी पोजिटिभ आएका व्यक्ति चितवनको भरतपुर क्यान्सर अस्पतालमा आफन्तको उपचारका क्रममा कुरुवा बसेर भर्खरै फर्किएका थिए। उनलाई मेलम्चीको आइसोलेसनमा पठाइएको साथै  पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको गाँउपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.