|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–६ पुरानोथिमिमा एक २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका स्थायी घर भई हाल मध्यपुर थिमी नगरपालिका–६ पुरानोथिमी बस्ने २९ वर्षीय कवाङ लामा छन्।  

सामूहिक बलात्कारको उक्त घटनामा मुख्य आरोपी करिब २२ वर्षीय रोहित गिरीसहित चार जना फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। फरार आरोपीको खोजी भइरहेको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

गिरीका अनुसार रोहित गिरीले गत जेठ ८ बेलुकी पीडित युवतीलाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगी बलात्कार गरेको भनी पीडितले महानगरिय प्रहरी वृत्त थिमिमा उजुरी दिएकी थिइन्। रोहिले बलात्कार गरेपछि अन्य चारजनालाई पनि बेलाएर रातभरी पालैपालो बलात्कार गरेको पीडितको उजुरीमा रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

पीडितले दिएको जानकारी र हुलियाको आधारमा आरोपीहरु भाग्न सक्ने सम्पूर्ण स्थानमा प्रहरी परिचालन गरी खोजतलास गर्ने क्रममा कवाङ लामालाई पुरानो थिमि क्षेत्रमै पक्राउ गरिएको  नायब उपरीक्षक गिरी

लामालाई भक्तपुर जिल्ला अदालतबाट बलात्कार मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको र घटनामा आरोपीहरुको खोजतलास भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.