|

कञ्चनपुर : कञ्चनपुरमा अत्यावश्यक औषधि उपचारको काम बाहेक कुनै पनि व्यक्तिले सुरक्षाकर्मीको परामर्शबिना आजदेखि घरबाट बाहिर निस्कन नपाउने भएका छन्।  

लकडाउन गरिएको दुई महिनापछि अनिश्तिकालसम्मका लागि अत्यावश्यक औषधि उपचार बाहेक अन्य सबै व्यवसाय बन्द गरेको हो। कोरोना भाइरस संक्रमणको जोखिम अत्यधिक बढ्दै गएपछि प्रशासनले लकडाउन पालनामा कडाई गरेको छ।  

अत्यावश्यक औषधि उपचार बाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसल, बैंक तथा वित्तिय संस्थासहित सबै व्यवसाय पूर्ण रुपमा बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताए। 

लकडाउनको कार्य खुकुलो हुदै गएपछि बजार क्षेत्रमा भिडभाड बढन थालेको र अत्यावश्यक कार्यबिना बजार क्षेत्र र सडकमा आवतजावत गर्नेहरुको संख्यामा दिनहु भिड लाग्न थालेपछि स्थानिय बासिन्दाको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनको कार्यमा कडाई गरेको छ।  भारत लगायतका क्षेत्र बाट भित्रिनेहरुको संख्या बढन थालेपछि जिल्लामा समेत कोरोनाको संक्रमण बढने खतरा बढेको छ।

सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीलाई सीमा नाका प्रवेश  गराइने 

 सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई गड्डाचौकी सीमा नाकाबाट औपचारीक रुपमा नेपाल ल्याईने भएको छ। नेपाल प्रवेश गर्न चाहने सबै नेपाली नागरिकहरुलाई मर्यादित, अनुशासित रुपमा आइदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ।  । सीमा नाका भएर आउने प्रत्येक व्यक्तिको अनिवार्य रुपमा विस्तृत विवतरण संकलन गर्नका लागि फाराम भर्न लगाईने भएको छ।

प्रशासन कार्यालयमा केही दिन अघि बसेको स्थानीय तहका प्रमुख सहितको बैठकले पश्चिमी नाकाबाट घर फर्काउनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

अवैध नाकाबाट घर फर्किने क्रम बढेपछि स्वास्थ्य जाँच गरी गड्डाचौकी नाकाबाट ल्याउनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुरक्षा निकायको समन्वयमा तयारी अगाडी बढाएको छ। स्थानिय प्रशासनले विस्तृत विवरण राखेर व्यवस्थित रुपमा भारत बाट फर्कनेहरुलाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाइने भएको छ।  

दोधारा चाँदनी नाकाबाट आएका नागरिकको स्वास्थ्य जाँच गरिए पनि लुकिछिपी खुला नाकाबाट जाँच नगरी आउनेका कारण कोरोना संक्रमण फैलिने चिन्ता बढेको थियो।

भारत  नेपालबीच लकडाउनका कारण घर फर्किएका वासिन्दालाई आ–आफ्नो सीमा नाकामा व्यवस्थापन गर्ने सहमति भएको थियो। दुई देशीय सहमति अनुसार वैधानिक नाकाबाट आउन नदिएपछि अवैध नाका हुदै आउने क्रम जारी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.