|

काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले इद उल फित्रले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

इदको अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमल्सिनाले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गरेका छन्।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण नेपाली जनता तथा विश्व मानव जातिलाई कसरी जोगाउने भन्नेमा हामी सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले रोगका कारण दिवङ्गतप्रति श्रद्धाञ्जलिका साथ सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.