सिन्धुपाल्चोक : भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा एक बालकको मृत्यु भएको छ।
जुगल गाँयपालिका–२ किप्चेका १२ वर्षीय बालकले घरमा रहेको लोड गरी राखेको भरुवा बन्दुक खेलाउने क्रममा पड्किएर छिमेकका आठ वर्षीय आयुष तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनास्थलमै मृत्यु भएको उनको पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
आइतबार दिउँसो लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किँएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।