|

काठमाडौं : भारतले इण्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ। इण्डोनेसिया स्थित भारतीय दूतावासको पहलमा उनलाई उद्धार गरिएकाे जनाइएको छ। 

चितवन रत्ननगरकी सेविका ढकाललाई इण्डोनेसियाबाट उद्धार गरेको हो। हरियाणाको एक विश्वविद्यालयमा बिबिए गर्दै गरेकी उनी आफ्नो डिर्पाटमेण्टको प्रतिनिधित्व गर्दै इण्डोनेसियाको एक विश्वविद्यालयमा एक्सचेञ्ज प्रोग्रामको लागि पुगेकी थिईन्। 

इण्डोनेसियाको पुगेको केही समयपछि लकडाउनका कारण उनी उतै फसेकी थिईन्। भारतले आफ्ना विद्यार्थी फर्काउन विमान पठाउन लागेको सूचना पाएपछि उनले इण्डोनेसियास्थित भारतीय दूतावासमा खबर गरेपछि अरु भारतीयसँगै उनलाई पनि भारत ल्याइएको हो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.