टेकु अस्पतालको आइसोलेसनमा लगिँदै

|

काठमाडौं : आफ्नो कारलाई एम्बुलेन्सकारुपमा परिणनत गरेर नि:शुल्क सेवा दिइरहेका काठमाडौंका एकजना युवकलाई कोरोना संक्रमण भएको छ। 

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी ३७ वर्षीय ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ती समाजसेवीमा कोरोना पुष्टि भएको हो। 

देशमा चैत ११ देखि लकडाउन सुरु भएपछि उनले आफ्नो निजी कारलाई एम्बुलेन्समा परिणत गरेर बिरामीलाई नि:शुल्क अस्पतालसम्म ल्याउने लाने गर्दै आएका थिए। 

बूढानीलकण्ठ नगरपालिकाका अनुसार उनले लकडाउन भएयता निरन्तर बिरामीलाई नि:शुल्क आफ्नो कारमा राखेर अस्पतालसम्म पुर्‍याउने गरेका थिए। उनले लकडाउनको अवधिमा सबै खर्च आफैंले ब्यहोरेर २ हजारभन्दा धेरैको सेवा गरेका थिए। 

नगरपालिकाका एक अधिकृतका अनुसार संक्रमित युवक घरमै रहेकाले अरुलाई खतरा नरहेको बताए। उनलाई टेकु अस्पतालको आइसोलेसनमा लाने तयारी भएको छ। आफ्नो क्षेत्रमा कोरोना संक्रमित भेटिएपछि बूढानीलकण्ठ नगरपालिकाले विशेष सतर्कता अपनाउन बैठक डाकेको छ। 

कोरोना संक्रमित ती युवकसहित अन्यले पनि आफ्ना गाडीलाई एम्बुलेन्सकारुपमा परिणत गरेर बिरामीको नि:शुल्क सेवा दिँदै आएका थिए। त्यसैगरी सोमबारै काठमाडौंको टोखा नगरपालिका-३ र ६ का २७ र ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.