|

काठमाडौं : राजधानीको टोखा नगरपालिकामा सोमबार भेटिएका दुईजना कोरोना संक्रमितको विवरण प्राप्त भएको छ।

सोमबार बिहान देशभर भेटिएका ७२ संक्रमितमध्ये दुईजना टोखा नगरपालिका-३ र ६ निवासी भएको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरमणि अधिकारीका अनुसार सोमबार काठमाडौंको टोखामा २ र बूढानीलकण्ठमा एक संक्रमित भेटिएका छन्। 

मन्त्रालयका अनुसार टोखा नगरपालिका-६ का ४१ वर्षीय पुरुष र वडा नम्बर ३ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमणमध्ये टोखा-३ भत्केको पुलनजिकै बस्दै आएका २७ वर्षीय युवक ज्योति बस्ने २७ वर्षीय पुरुष ज्योतिषी रहेको खुलेको छ।

त्यसैगरी टोखा नगरपालिका-६ मा भेटिएका अर्का संक्रमित ४१ वर्षीय पुरुष किराना पसले रहेको वडा कार्यालयले जानकारी दिएको छ। उनी महानगरीय प्रहरी प्रभाग टोखा नजिकै पसल चलाउँदै आएका स्थानीय हुन्। उनीसँग सम्पर्कमा आएका अन्य नौजनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

उनीहरु दुवैजनालाई ललितपुस्थित पाटन अस्पतालको आइसोलेसनमा पठाउने तयारी गरिएको छ। प्रारम्भिक सोधपुछमा दुवैजनाको ट्राभल हिस्ट्री भेटिएको छैन। उनीहरु

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार धनुषा, कपिलवस्तु, काठमाडौं, बारामा संक्रमित भेटिएका हुन्। काठमाडौंमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखमा नयाँ संक्रमित भेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.