|
फाइल फाेटाे

काठमाडौं : डाक्टर गोवन्द केसीले जेठ २० गतेदेखि दार्चुलामा दुईदिने सत्याह्र गर्ने घोषणा गरेका छन्। केसीले त्यहाँका जनताको पीडाबारे राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह गर्ने घोषणा गरेका हुन्।

‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं,’ डाक्टर केसीले दार्चुलाबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

डाक्टर केसीले भारतले भूमि मिचेर सडक बनाएपछि थाहा पाएको भन्ने सरकारको भूमिका र औचित्यमाथि प्रश्न उठेको पनि उनले विज्ञप्तिमा भनेका छन्।

‘नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भूमि हडपेर सडक लगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भूमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं,’ डाक्टर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको सीमा रक्षा गर्नु राज्यको जिम्मेवारी हो, त्यसका लागि उसले छिमेकी राज्यसित कुटनीतिक प्रयास गर्नैपर्छ।

भारतले नेपालको सीमा मिच्नु उसको समेत हितमा छैन भनेर बुझाउन सरकारले सक्नुपर्छ । दुवैतिरका सरकारहरुले राष्ट्रवादका नारा उछालिरहने अनि दुवैतिरका नागरिक भोक र रोगसित लडिरहनुपर्ने अहिलेको अवस्था मुठ्ठीभर शासकबाहेक कसैको पनि हितमा छैन।’ 

केसी चिकित्सा शिक्षा सुधारलगायत विभिन्‍न विषयमा पटकपटक अनशन बस्‍दै आएका व्‍यक्ति हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.