क्वारेनटाइनमा व्‍यायाम गराइन्थ्यो

|

बारा : बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै जिल्लामा संक्रमित व्यक्तिहरुको संख्या ३९ जना पुगेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार बाराको महागढीमाई नगरपालिकामा २१ जना र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान र कोतवाली–१ का १ जनामा संक्रमण पुष्टि भएको छ। कोतवालीका संक्रमित पुरुषका बारेमा बुझ्ने प्रयास भइरहेको छ।

संक्रमित २१ जना महागढीमाई नगरपालिकामा रहेका क्वारेनटाईनमा बस्दै आएका थिए। ३० जनाको स्वाब संकलन गरी पठाईएकोमा २१ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा सोमबार प्रकाशित रिर्पोटमा पोजेटिभ आएको हो।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले रोजगारीका क्रममा भारतमा रहेका उनीहरु लकडाउनको विचमा घर फर्किएका थिए। घर फर्किएका उनहरुलाई घर पुग्न नदिई क्वारेनटाईनमा राखिएको थियो।

महागढीमाई नगरपालिकाअन्तर्गत बबुआइनमा संचालित रहेको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई शारीरिक व्यायाम गराइँदै आइएको थियो। क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुशवाह र स्वास्थ्यकर्मी  शिवशंकर यादवले योग तथा शारिरिक व्ययाम गराउने गरेको नगर प्रमुख प्रसादव यादवले बताए।

स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान पर्सा जिल्ला घर भएका २५ वर्षीय पुरुष र कोतवाली–१ का ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.