'प्रदेश, केन्द्रले कुरै सुनेन, थेग्‍न सक्न‍े अवस्था छैन'

|

काठमाडौं : विश्‍वभर फैलिएको कोरोना महामारीले नेपालमा पनि दिनदिनै संक्रमित बढिरहेका छन्। सबैभन्दा धेरै संक्रमित तराईका जिल्लामा देखिएका छन्।

भारतसँग सीमा जोडिएका स्थानीय तहमा कोरोना संक्रमित र भारतबाट आउने नागरिकलाई राख्ने ठाउँको अभाव भइसक्यो। यस्तै समस्या झेलिरहेको बाँकेको नरैनापुर गाउँपालिले। 

नरैनापुरमा मात्रै ११३ जना संक्रमित छन्। गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा करिब एक हजारजना छन्। भारतसँग सीमा जोडिएको नरैनापुरमा दिनदिनै संक्रमितको संख्या बढिरहेको छ। कोरोनाको संक्रमण रोकिने छाँटकाँट नदेखेपछि गाउँपालिका प्रमुख इश्तियाक अहमद साह आफू आत्तिइसकेको बताउँछन्। 

‘जनताको सेवाको लागि आएको मान्छे यी मान्छेको पीडाबाट म कसरी भागुँ यस्तो प्रेसर कसरी म एक्लै थेग्न सक्छु र,’ गाउँपालिका प्रमुख साह भन्छन्, ‘केन्द्र र प्रदेश सरकारलाई जानकारी गराउनेबाहेक केही भएको छैन। उनीहरुले खै किन जनताको दुख देख्दैनन्। प्रदेश र केन्द्रसँग दिनदिनै रोइकराई गरेको छु, खै हाम्रो दु:ख त देख्दै देख्दैनन्।’  

‘सेना पुलिस आए, बिन्ती! अब डाक्टर पठाइदेऊ’ 

नरैनापुरमा ११३ जना संक्रमित छन्। गाउँपालिकाले बनाएको १५ वटा क्वारेन्टाइनमा ८०० जना भारतबाट आएकाहरू छन्। उनीहरुसबैको पिसीआर परीक्षण भइसकेको छ। तीनसय जनाको रिपोर्ट आउन बाँकी छ। भारतबाट पनि नेपालीहरु आउनेक्रम रोकिएको छैन। अझ संक्रमित थपिएलान् भन्ने चिन्ताले अध्यक्ष शाहलाई सताइरहेको छ। 

‘धन्‍न अहिलेसम्म मलाई कोरोना संक्रमण भएको छैन,’ उनले भने, ‘मलाई नै संक्रमण भयो भने के गर्ने? गाउँभरका सबैको पिसिआर गराउन पाए हुन्थ्यो। खै! सरकारले सुनेको?’  

‘गाउँपालिकालाई कोरोनाको हटस्पट भन्‍ने प्रदेश र केन्द्र सरकारलाई ढिलै भएपनि केही गरौँ भन्ने महसुस मैले गरिनँ,’ उनले भने, ‘अझै संक्रमित थपिए भने गाउँपालिकाले एक्लैले कसरी थेग्‍ने? प्रदेश र केन्द्रलाई मेरो एउटा बिन्ती छ, सेना प्रहरी आए, अब डाक्टर पठाइदेऊ। मैले एक्लै कोरोनाविरुद्ध भिड्न सकिनँ।’ 

अध्यक्ष साह गाउँपालिका नै कोरोनाको रेड जोनमा रहेको बताउँछन्। उनी आफूलाई नै कोरोना लागे गाउँलेको हालत के होला भनेर पनि चिन्तित छन्। ‘धन्‍न अहिलेसम्म मलाई कोरोना संक्रमण भएको छैन,’ उनले भने, ‘मलाई नै संक्रमण भयो भने के गर्ने? गाउँभरिका सबैको पिसिआर गराउन पाए हुन्थ्यो। खै! सरकारले सुनेको?’  

हिजो आइतबारदेखि नरैनापुरमा सेना परिचालन गरिएको छ। संक्रमण नियन्त्रण भन्दा बाहिर गएकोले लकडाउनको पूर्ण पालना गराउन भन्दै कर्फ्यू जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनाल बताउँछन्।  

पहिले गाउँपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै नौ वटा क्‍वारेन्टाइन बनाएको थियो। एकाएक संक्रमित थपिन थालेपछि ६ वटा थपेर १५ वटा बनाइएको हो।

क्‍वारेन्टाइनमा आधारभूत सेवाहरु पनि दिन नसकेको गाउँपालिकाको भनाइ छ। गाउँपालिका अध्यक्षलाई क्वारेन्टाइनमा रहेकाहरु कोरोनाको कारण मात्र नभई खान नपाएर स्थिति थप जटिल बन्लाकी भन्‍ने चिन्ता छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.