|

हेटौंडा : बागमती प्रदेशसभाको सोमबारबाट बजेट अधिवेशन सुरु भएको छ। छठौं  अधिवेशनको शुभकामना व्यक्त गर्दै प्रतिपक्ष तथा विपक्षी दलहरुले प्रदेश सरकारले पर्याप्त तयारी नगरेको भन्दै आलोचना गरेका छन्।

सरकारको तर्फबाट शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको प्रशंसा र  प्रधानमन्त्री तारिफ गरेका थिए। उनले नेपालमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नहुने बताएका थिए। उनले कोरोनाका कारण अहिले असहजता उन्पन्न भएको र यसले उद्योग कलकारखाना उद्योगधन्दा समेत ठप्प रहेको बताएका छन।

असहज परिस्थितिमा जनताको स्वास्थ्यको सुरक्षा, राहत र कोरोनाविरुद्धको अभियानका लागि काम गरिरहेको बताउँदै कोरोना संक्रमणका कारण विकासमा ठेस लागेको र चुनौति बढेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने सरकारको प्रयासमा नागरिकको साथ आवश्यक रहेको उल्लेख गरेका छन। कोरोना नियन्त्रण गर्न प्रदेश सरकार प्रयासरत रहेको बताए थिए।

कोरोना उपचार कोष प्रयाग गरौं : कांग्रेस

अधिवेशनको शुभकामना व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाल भारत सिमा विवादको विषयमा भारतीय सञ्चार माध्यम प्रति भत्र्सना गरेका थिए। उनले नेपाल सरकारले नक्सा जारी गरेका प्रति धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको भने आलोचना गरेका थिए। नेता वानियाँले प्रदेश सरकारले कोरोना नियन्त्रणमा आवश्यक पहल नगरेको बताए।

उनले कोरोना उपचार कोषमा पर्याप्त बजेट भए पनि नलाएको भन्दै पिसिआर किट पर्याप्त ल्याएर परीक्षण बढाउनु पर्ने बताएका थिए। उनले आईसोलेसन र क्वारेन्टाईन व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक ध्यान दिन नसकेको बताए।

यस्तै, भारतलगायत अन्य देशहरुमा रहेका बागमती प्रदेश भित्रका नेपाली नागरिकहरुलाई ल्याउन संघिय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए।

बागमती प्रदेश सभामा नेकपाको तर्फबाट बोल्दै अष्टलक्ष्मी शाक्यले नेपालले नक्सा जारी गरेर ईतिहास रचेको बताउँदै मोदीलाई  आग्रह गर्दै  उनले भनिन्, “धेरै विवाद नगरौं, दुई देशको सिमा विवादलाई सहजतापुर्वक लिउँ।” उनले नेपाल सरकारलाई पर्याप्त तयारी गरेर भारत सँग वार्तामा बस्न पनि आग्रह गरेकी छिन्। यस्तै बागमती प्रदेशको नयाँ बजेट सर्वसम्मत ढंगले पारित गर्र्नु पर्ने गरि आउनु पर्ने बताईन्। 

कसको फेर समातेर ओम्नी बालुवाटर पुग्यो?

विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले आफ्नो प्रदेशको नागरिक ल्याउन सरकारले आवश्यक भुमिका नखेलेको भन्दै सरकारको आलोचना गरेका थिए। सरकारको स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्ट्राचारको छानविन हुनु पर्ने भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै ओम्नीको बारेमा प्रश्न गरेका छन्। उनले प्रश्न गर्दै भने, “ओम्नीको नाम नसुनेका प्रधानमन्त्री निवास बालुवाटारमा ओम्नी कसको फेर समातेर पुगे?” 

हिउँदे अधिवेशनको शुभकामनामा नेमकिपाको तर्फबाट सुरेन्द्रराज गोसाईँ, राप्रपा संयुक्त तर्फबाट रिता माझीले आफ्नो भनाई राखेकी थिईन्। आज नै सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पनि ल्याएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.