|

दाङ : तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा थप चारजना कोरोना संक्रमितलाई भर्ना गरिएको छ। योसँगै अस्पतालमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ।

रुपन्देहीका तीन र बर्दियाबाट एकजना कोरोना संक्रमित अस्पतालमा ल्याइएपछि संक्रमितको संख्या २२ पुगेको कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए। अस्पतालमा दाङका तीन, कपिलवस्तुका ६, बाँकेका आठ, बर्दियाका दुई र रुपन्देहीका तीनजना रहेका छन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

त्यसैगरी दाङका १० स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा सोमबारसम्म दुई हजार ८२७ जना रहेका फोकल पर्सन चन्दले जानकारी दिए। तीमध्य धेरै जसो भारतबाट र अन्य केही नेपालका विभिन्न जिल्लाबाट आएका हुन्। 

सबैभन्दा बढी  घोराही उपमहानगरको क्वारेन्टाइनमा ९२६ र  बंगलाचुली गाउँपालिकामा ८२३ जना रहेका छन्। दाङमा चार हजार ८७६ शय्याको क्वारेन्टाइन स्थापना गरिएको  छ। यस्तै, १६६ शय्याको आइसोलेसन कक्ष रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.