|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भर्त्सना गर्दै त्यस घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन्।  

उनले मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको तथा  अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैह्रदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताए।

'मुलुकी ऐन २०२० ले छुवाछुतलाई दण्डनिय भनेको छ ।५४ बर्ष पछि पारित अपराध संहिताले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ', उनले भने, 'छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ।'

अधिकारीले रुकुम घटनालाई नृशंस भनेका छन्। 'जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी केटीबीचको प्रेम सम्बन्धलाई युवतीवीचको जाजरकोट  सम्बन्धलाई विहेबारीमा परिणत गर्न गएका दलितमाथि भएको सांघातिक हमला नृशंस छ', उनले भने, 'त्यस हमलाबाट बच्‍न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएकोप्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भर्त्सना गर्न चाहन्छु।'

उनले अपराधसँग सम्बन्धित व्यक्तिलाई गरेको कारवाही प्रक्रिया र पीडितलाई गरेको सहयोगबारे गृहमन्त्री रामबहादुर थापा बादलसँग जानकारी माग गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.