|
फाइल फाेटाे

काठमाडाैं :  गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या भएको घटनाको सत्यतथ्य थाहा पाउनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको जानकारी दिएका छन्।

घटनाबारे प्रतिनिधिसभालाई मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घटनाका दोषीलाई कारबाही गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए। उनले भनेका छन्, ‘यो अति दुःखद घटना हो। सिंगो राष्ट्र स्तब्ध छ। दोषीलाई कडा भन्दा कडा सजाय दिनका लागि सरकार प्रतिवद्ध छ। उनले दाेषी उम्कन नपाउने पनि बताए। 

यस अघि आजै राष्ट्रियसभालामा पनि यही घटनाबारे जानकारी दिँदै दाेषी उम्कन नपाउने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.