|
फाइल फाेटाे

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरस प्रभावको कारण सरकारी तथा निजी दुवै क्षेत्रको लगानी संकुचित भएको बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोभिडका १९ को कारण लगानी ३ दशमलव ४ प्रतिशतले घटेको बताएका हुन्।  

उनले फागुनसम्म आर्थिक गतिविधि नियमित भएको र चैतबाट कोरोनाको प्रभावले भएको लकडाउनले गर्दा आर्थिक गतिविधि संकुचित भएको बताए। मन्त्री खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल उपभोग ८१.९ र बचत १८.१८ प्रतिशत पुग्ने अनुमान गरिएको बताए। खतिवडाले चालु वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने अनुमान गरिएको संसदलाई जानकारी गराए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.