|

काठमाडौं : सरकारले देशमा विद्यमान गरिबी १६ प्रतिशतमा झरहेको दाबी गरेको छ। सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालमा गरिबीको रेखामुनिको जनसंख्या १६.६ प्रतिशतमा झरेको दाबी गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार बसेको संसद बैठकमा पेश गरेको आर्थिक सर्वेक्षणमा गरिब २ प्रतिशतभन्दा धेरैले घटेको जिकिर गरिएको छ। अघिल्लो वर्ष गरिबीको रेखामुनिको जनसंख्या १८.७ प्रतिशत थियो।

'आर्थिक वर्ष २०७४/७५ का अन्त्यसम्म १८.७ प्रतिशतमा रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान छ,’अर्थमन्त्रीले भने, 'फागुनसम्ममा सबै किसिमका आर्थिक सूचक सकारात्मक थिए। कोरोना भाइरसका कारण त्यसयताका सूचकमा नकारात्मक असर परेको छ।'

फागुनयता देशमा परेको कोरोना भाइरसको प्रभावका कारण नेपालमा गरिबहरुको संख्या १८ प्रतिशतबाट अझै बढ्ने अनुमान गरिएको थियो। तर मन्त्री खतिवडाले कोरोना संकटबीच पनि गरिबको संख्या १६ प्रतिशतमा घटेको विवरण संसदमा प्रस्तुत गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.