पाँच जना थपिएसँगै बारामा ४७ संक्रमित पुगे

|

बारा : क्‍वारेन्टाइनमा खटिएका बाराका दुई सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बाराको पचरौता नगरपालिकाको क्‍वारेन्टाइनमा खटिएका नेपाली सेनालाई संक्रमण पुष्टि भएको हो।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दिएको जानकारी अनुसार बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा क्‍वारेन्टाइनको सुरक्षामा खटिएका ३५ र ३६ वर्षीय पुरुष र पचरौता नगरपालिका १ का ३० वर्षीय र ३५ वर्षीय पुरुष तथा वडा नम्बर २ का १९ वर्षीय पुरुष छन्। 

भारतबाट आएका हुन् संक्रमित

थपिएका तीनै जना संक्रमित पुरुष वैशाख ३१ गते भारतबाट नेपाल आएर क्‍वारेन्टाइनमा बसेका थिए। गत जेठ ७ गते उनीहरुसहित ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रजिअ पण्डितले जानकारी दिए।  

संक्रमित संख्या ४७ पुग्यो

बारामा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। मंगलबार ५ जना थपिएका हुन्र बारामा एक संक्रमितको मृत्यु भइसकेको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्।

हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, विश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागढीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना र पचरौता नगरपालिकामै ३ जनामा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.