|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा एकजना कोरोना संक्रमितलाई भेटेपछि होम क्‍वारेन्टाइनमा रहेका ढकालको मंगलबार कोरोना परीक्षण गरिएको थियो। 

मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो। पिसिआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ देखिए हो।

मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलिले मन्त्री ढकालको स्वाब लिएको थियो। रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री ढकाल मन्त्रालयमा नियमित कममा फर्किएका छन्।

काममा फर्किएसँगै उनले सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग मंगलबार भिडियो कन्फ्रेन्समार्फत कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामबारे छलफल गरेका छन्। 

उनका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार देशभर भइरहेको कोरोना नियन्त्रण प्रयासबारे भिडियो कन्फरेन्समा छलफल हुँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.