|

स्याङजा : हालसम्म कोरोना संक्रमणले नछोएको स्याङजामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। सुनौली नाका हुँदै भारतबाट आएका २ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए।

वालिङ नगरपालिका ७ का २० र २९ बर्षिय २ जना पुरुषलाइ संक्रमण देखिएको हो। उनीहरु गत १० गते आएर वालिङ स्थित खेलमैदान क्वारेन्टाइनमा बसेका थिए। संक्रमीत पुरुषहरु सँगै आएका १८ जनाको पिसिआर परीक्षणमा नेगेटिभ नतिजा आएको छ।

उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको र उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिए।

कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्लामा ११ वटा आइसोलेसन तयारी अबस्थामा राखिएको वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनीहरुको सिधै भारतबाट आएको र क्वारेन्टाइनमा बसेको कारण अन्यत्र फैलिन नपाएको बताउँदै शर्माले भने , ‘बाहीरबाछ संक्रमीत आउन सक्छन , तर समाजमा फैलिन नदिनु हाम्रो प्राथमिकता हो। ’

जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले प्रत्येक पालिकाले ५०० क्षमताका क्‍वारेन्टाइन निर्माण गर्नुपर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.