|

रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले आज राति १२ बजेटबाट लागु हुनेगरी २ वटा नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ। बढी संख्यामा कोरोना संक्रमित ईशनाथ नगरपालिका र राजपुर नगरपालिकामा निषेधाज्ञा जारी गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले जानकारी दिएका छन्।

ती नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको र स्थानीयले लकडाउन उल्लंघन गर्ने क्रम अत्यधिक बढेकाले अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको घिमिरेले बताए।

निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन्। अहिले ती दुवै नगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार एकै दिन राजपुरमा २५ र केही दिनअघि इशनाथमा १० जनामा कोरोना भाइरस देखिएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.