|

काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। अमेरिकामा हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएको छ। 

वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन्। 

त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन्।  अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्। 

रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको द्ध त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ।  संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ। 

बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ। भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ। ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ। 

विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ। संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ३ लाख ९ हजार ८८ जनाको ज्यान गएको छ। हालसम्म विश्वभरबाट २४ लाख २६ हजार ३ सय ८४ जना निको भएर घर फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.