|

जाजरकोट  : स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रममा  ढिस्कोले पुरिएर दुई जनाकाे ज्यान गएकाे छ। 

यहाँकाे नलगाड नगरपालिका – ९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटना स्थलमै मृत्यु भएको छ भने  उनका श्रीमान् ३५ वर्षीय एकराज सिंह उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान मृत्यु भएको स्थानीय नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित  खिरखिरेमा बालुवा निकालिरेहेका सोही गाउँका यज्ञबहादुर सिंह, कमला सिंह, तारा सिंह, तारा सिंह र लक्ष्मी सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा स्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.