|

हेटौंडा : मकवानपुरको हेटौँडामा एकजना महिलामा कोरोना भाइरस पुष्टि भएको छ। 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर१ चौकिटोल निवासी ति महिलामा हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोना भाईरस (कोभिड १९) पुष्टि भएको हो। 

हेटौंडामै परीक्षण गरिएको यो कोरोना सन्क्रमित पहिलो हो। यस अघि मकवानपुरका कोरोना संक्रमित काठमाडौमा गरिएको स्वाब परीक्षणमा मात्रै पुष्टि भएको थियो। 

महिलाको घर भएको क्षेत्रलाई सिल गर्ने तयारी गरिएको र ति महिलालाई आइसोलेसन वार्डमा ल्याउने तयारी भएको कोरोना आइसोलेन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.