मिनेन्द्र भन्छन् : कांग्रेस देशको हितविपरीत जाँदैन

|

काठमाडौं : संघीय संसदको चालु बर्खे अधिवेशनमा दुईवटा विषयलाई महत्वकासाथ हेरिएको छ। पहिलो संविधान संशोधन र दोस्रो अमेरिकी परियोजना एमसीसी। 

एमसीसीको विषयमा सत्तापक्षका नेताहरुले चर्को विरोध जनाइरहेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले जसरी पनि संसदबाट पास गराउन प्रधानमन्त्रीलाई दबाब दिएको छ। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली पनिले संसदबाट एमसीसी पास गराउने बताइसकेका छन्। 

संविधान संसोधनको विषयमा मंगलबार साँझ प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक राखेका थिए। उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘सुगौली सन्धिले कोरेको नेपालको भुभागमा नेपालको हक स्थापित हुनुपर्छ। उच्चस्तरीय कुटनैतिक प्रक्रियाबाट समाधानमा पुगौं। संविधान संसोधनमा सर्वसम्मति बनाए राष्ट्रिय एकता अझ मजबुत बन्नेछ। संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गरिनेछ।’ 

मंगलबारको बैठकमा देउवाले ओलीसँग केही समय छलफलको लागि मागेका थिए। देउवालाई मधेसवादी दलका नेताले भेटेरै संविधान प्याकेजमै संशोधन गर्न प्रस्ताव गरेको थिए।

मधेसवादी दलले नेपालको संविधान अपूर्ण रहेको र संसोधन गर्नुपर्ने माग संविधान जारी भएयता नै राख्दै आएको छ। लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि संविधान संशोधन गर्न संसद सचिवालयमा संविधान संशोधन विद्येयक दर्ता भइसकेको छ। 

आज बस्ने संसद बैठकमा संविधान संसोधनको प्रस्ताव कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले पेश गर्नेछिन्। कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले गत जेठ ९ गते संसद सचिवालयमा विद्येयक गर्दा गरेकी हुन्।  

कानुनमन्त्रीले आवश्यक प्रक्रिया पूरा गरेर संशोधन गर्न लामो समय लाग्ने भन्दै छोटो बाटो प्रयोग गरेर संशोधन गर्न प्रस्ताव राखेकी छन्। उनको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य दलले अस्वीकार गर्दै आइरहेका छन्।

कानुनमन्त्रीले भनेझैँ छोटो बाटो प्रयोग गरेर संविधान संशोधनका लागि कानुनका केही कुरा नै निलम्बन गर्नुपर्ने हुन्छ। अन्यथा कम्तीमा पनि एक महिना समय लाग्ने देखिन्छ। 

के भन्छन् कांग्रेस नेता ? 

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले देशको हितविपरीत कुनै पनि निर्णय नगर्ने बताउँछन्। 

‘कांग्रेस बीपी कोइरालाको पार्टी हो । बीपीले प्रष्टै भन्‍नु भएको छ नि द्विविधा भयो भने आफ्नो छातीमा हात राखेर सोध तिम्रो अन्तरमनले जे भन्छ त्यही गर। यसको अर्थ विवेक प्रयोग गर,’ उनले भने, ‘यसरी विवेक प्रयोग गर भन्‍ने बीपी र गणेशमानको पार्टीले देशको भूभागबारे देशको हितविपरीतको कुनै निर्णय गर्न सक्दैन। संशोधनको प्रस्तावमा कांग्रेस सहमत हुन्छ। यद्यपि सर्वसम्मतिका लागि प्रधानमन्त्रीज्यूले सबै दलसँग छलफल गर्नुपर्छ। राष्ट्रियताको विषयमा पक्ष विपक्ष भन्‍ने हुँदैन।’  

संविधान संशोधन विधेयक संसदमा

बुधबार दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। संसद सचिवालयले जारी गरेको संभावित कार्यसूचीहरुमा नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रस्तुत गर्न कानुनमन्त्री तुम्बाहाङ्फेले अनुमति माग्‍नेछिन्। त्यहीँ संशोधन विद्येयक २०७७ उनले पेश गर्नेछिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.