|

काठमाडाैं : बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी  स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरी पुष्टि गरेको हो।   

स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गण्डकी प्रदेश, बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका घर भइ त्यहीँ क्वारेन्टाइनमा रहेका १९ र २० वर्षीया२ जना पुरुष तथा बाग्लुङको मनखोला गाउँपालिका घर भइ त्यहीँ क्‍वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षीय ४ जना पुरुषसमेत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।’

संक्रमित सबैलाई सदरमुकाको सरकारी अस्पतालमा ल्याउन लागिएको निर्देशनालयले जनाएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.