|
फाइल फाेटाे

काठमाडौं : आज दिउँसो २ बजेबाट बस्ने संसद बैठकको संभावित कार्यसूचीबाट संविधान संशोधन विधेयक २०७७ हटाइएको छ। अहिलेको बैठकमा आवश्यक तयारी नपुगको भन्दै हटाइएको संसद सचिवालयका प्रवत्ता रोजनाथ पाण्डेले जानकारी दिए। ‘आजको बैठकको कार्यसूचीबाट यो हटेको छ,’ उनले भने।

यस अघि प्रकाशित संसदको कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” लाई प्रस्तुत गर्न अनुमति माग्ने र “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” पेश कार्यसूची रहेको थियो।  

आजको बैठकको सुरुमै ‘नेपाल विशेष सेवा विद्येयक, २०७६’ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विद्येयक टेबुल हुनेछ। त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानुन न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन २०७६ पेश गर्नेछन्। 

शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विद्येयक सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेश गर्नेछन। 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विद्येयक २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.