|

काठमाडाैं : रुकुमामा गैरदलितको आक्रमणमा परेर ज्यान गुमाएका युवालाई सहिद घोषणा गर्न माग गरिएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विमला नेपालीले रुकुम घटनामा ज्यान गुमाउनेलाई सामाजिक रुपान्तरणका सहिद घोषणा गर्न माग गरेकी हुन्। 

संसदको शून्य समयमा बोल्दै सांसद नेपालीले रुकुममा अन्तरजातीय प्रेम सन्दर्भका कारण ज्यान गुमाउन परेको भन्दै उनले यस्तो बताएकी हुन्। ‘यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणका सहिद घोषणा गरियोस', उनले संसदीय छानविन समिति गठनको माग समेत गरेकी छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.