सरकारविरुद्ध नाराबाजी, एम्बुलेन्स तोडफोड

|

जनकपुरधाम : धनुषाको मुख्य नाका जटहीमा भोकले छटपटाएर एक नेपाली मजदुरको आज बिहान मृत्यू भएको छ । मृत्यू हुनेमा शहिदनगर नगरपालिका–९ गोठकैलपुरका ३० वर्षीय वीरेन्द्र गुरमैता यादव छन्।

मंगलवार मध्यरातमा उनीसहित सयौं नेपाली भारतका विभिन्‍न शहरबाट जटही नाकामा आइपुगेका थिए । तर सुरक्षाकर्मीले उनीहरुलाई नाकाबाट प्रवेश गर्न दिएनन् ।

६ दिनदेखि खाना खान नपाएर वीरेन्द्रको त्यहीँ मृत्यु भएको उनका आफन्तले बताएका छन्।भोकले छटपटाइरहँदा नेपाली सुरक्षाकर्मीले बिहान उनलाई खाना खुवाए । लगत्तै उनले बान्ता गरे केहीबेरमै मृत्यू भएको हो।

मृतकका भाइ धीरेन्द्र गुरमैताले प्रशासनको लापरबाहीले घटना भएको बताए । उनले भने, ‘प्रशासनले गम्ीभर भएको भए आज मेरो दाइको मृत्यु हुने थिएन।’

भोकले मृत्यु भएपछि नगराइन नगरपालिकामा पर्ने जटही नाकामा भारतको विभिन्न शहरबाट आइपुगेका करिब २ सयभन्दा बढी मजदुर आन्दोलित भएका छन् । 

उनीहरु सरकार र प्रशासनविरुद्ध नाराबाजी गर्दै जनकपुरधामतिर लागेका छन् । नाकामा उनीहरुलाई रोक्ने सुरक्षाकर्मीको प्रयास विफल भएको छ। आक्रोशित मजदुरले ज. १ त. १२१३ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.