|

सल्यान : कर्णाली प्रदेश सरकारले नेपाली सेना परिचालनका लागि केन्द्र सरकारसँग स्वीकृति मागेको छ ।

कोरोना महामारीबाट प्रभावित, संक्रमित नागरिकको उद्वार र क्वारेन्टाइन व्यवस्थापनका लागि नेपाली सेना परिचालनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय  गरेको छ । 
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र शसस्त्र प्रहरी सुरक्षासम्बन्धी अन्य कार्यमा खटिनु पर्ने भएकाले महामारीबाट प्रभावितर संक्रमित नागरिकहरुको उद्दार तथा क्वारेनटाइन व्यवस्थापनमा लागि नेपाली सेना परिचालन गर्नुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । 

उनले नेपाली समेत परिचालन गर्नुपर्ने स्थितिमा त्यसको स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइन् । यस्तै मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश भित्र वि.सं. २०७७ सालमा दिइने सार्वजनिक बिदाको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि लिएको छ।

त्यस्तै पूर्वाधार विशेष कार्यक्रम कार्यन्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐन २०७६ दफा ९ बमोजिम बजेट कार्यन्वयन सहजताका लागि आदेश जारी गर्ने निर्णय भएको मन्त्री केसीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.