|

बारा : कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानमा अग्रमोर्चामा खटिएका बाराका ११ जना संक्रमित भएका छन् ।

‘फ्रन्टलाइन’ मा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकार संक्रमित भएका हुन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ७ जना सुरक्षाकर्मी, क्वारेन्टाइनको सुरक्षामा खटिएका नेपाली सेनाका दुई जवान र एकजना स्वास्थ्यकर्मी र एक जना पत्रकार संक्रमित भएका हुन् ।

बाराको पचरौताको क्वारेन्टाइनमा खटिएका ८ जना स्वास्थ्यकर्मीको रिर्पोट मंगलबार सार्वजनिक भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

संक्रमित हुनेमा पचरौता नगरपालिकामा कार्यरत ४१ वर्षका पुरुष स्वास्थ्यकर्मी, पचरौता नगरपालिका वडा नम्बर १ का २२ र ३० वर्षीय पुरुष, वडा नम्बर २ का २९, ३५, र ३६ वर्षीय पुरुष, वडा नम्बर ५ का ४० वर्षीय पुरुष र वडा नम्बर ७ का ५० वर्षीया महिला छन् ।

संक्रमितहरु गत वैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रजिअ पण्डितले जानकारी दिए । गत जेठ ७ गते उनीहरुको सहित ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।  

बारामा कोरना संक्रमितको संख्या ५५ पुगेको छ । जसमध्य एकको मृत्यू भएको छ ।

हालसम्म जीतपुरसिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, विश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २, जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा नेपाली सेना २ जना र पचरौता नगरपालिकामा ११ जनामा भेटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.