|

काठमाडौंः  गोकर्णको नाम्गेलस्थित कोलामती  खोलामा आएको बाढीले रोप्दै गरेको धान बगाएको छ। बुधबार दिउँसो असिनासहित पानी परेपछि आएको बाढीले धान बगाएको हो।

कुनै किसानले धान रोपिसकेका थिए। कोही किसानले रोप्दै थिए। ती सबै धानमा खोलाको पानी पसेपछि क्षति भएको छ। त्यस्तैगरी त्यही खोलाको बाढीले खोलावरीपरीको तरकारी खेतीमा समेत क्षति पुर्‍याएको छ।

बाढीले सबै धान बगाएपछि किसान चिन्तित बनेका छन। नाम्गेलका किसान गोपीकृष्ण श्रेष्ठले पानीले धानमा क्षति पुर्‍याएको बताए। उनले भने,‘सोमबार मात्रै धान रोपेको थिएँ। आज आएको बाढीले सबै बगाइदिएपछी मिहिनेत मात्रै खेर गयो।’ उनका अनुसार ती खोलामा तारेभिर क्षेत्रको पानी आउँछ।

वर्षेनि खोला भरिएपछि यसरी नै बालीनालीमा क्षति पुर्‍याउने गरेको उनले सुनाए। खोलामा ठूलो बाढी आउन थालेपछि किसान त्रसित बनेका छन। ‘भर्खरै धान रोप्न सुरु गरेका थियौँ,’ अर्का एक किसानले भने,‘खोलाबाट आएको बाढीले सबै बगाएछ। यस्तो ठाउँमा धान रोपेर के काम रहेनछ। घाटा मात्रै हुन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.