भारतकै कारण क्षेत्रीय शान्ति जोखिममा

|

काठमाडौं : नेपाल–भारतबीच सीमाविवाद चलिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गएको टिप्पणी गरेका छन्।

नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिन्दूवादी फासिष्टको संज्ञा दिँदै उनले भारतको छिमेक नीतिको आलोचना गरेका हुन्। इमरानले ट्वीट गर्दै भनेका छन्, 'मोदी सरकारले अपनाएको नाजी नीतिसरहको अहंकारयुक्त विस्तारवादी नीति छिमेकीका लागि खतरा बन्दै गइरहेको छ।'

इमरानले आफ्नो तर्क पुष्टि गर्न केही उदाहरण पनि दिएका छन्। उनी लेख्छन्, 'मोदी सरकारले बंगलादेशलाई नागरिकता कानुनमार्फत्, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झुटो अभियानमार्फत् धम्क्याइरहेको छ।'

इमरानले ट्वीटमा काश्मीर मुद्दा पनि उठाएका छन्। उनले लेखेका छन्, 'भारतप्रशासित काश्मीरमा अबैध कब्जा जमाएर युद्ध अपराध गरेको भारतले पाकिस्तानप्रशासित काश्मीरमाथि पनि दाबी गरिरहेको छ।'

भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको मोदी सरकार ती अल्पसंख्यकका लागिमात्र नभई क्षेत्रीय शान्तिकै लागि खतरा बनेको उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.