|

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले नयाँ नक्सालाई आधिकारिकता दिन अघि बढाइएको संविधान संशोधन प्रक्रिया रोकिँदा असन्तुष्टि जनाएका छन्।

मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस तत्काललाई संविधान संशोधनबाट पछि हटेको थियो। कांग्रेसले केन्द्रीय समितिमा निर्णय गराउने भन्दै पछि हटेपछि 
सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्न पाएन।

आजको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई पारित गर्ने गरी ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची थियो। तर कांग्रेस पछि हटिदिँदा संसद सचिवालयले यसबारे तयार पारेको कार्यसूचीको ड्राफ्ट अन्तिम समयमा फिर्ता लिएको छ। 

मंगलबारको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसमितिबाट औपचारिक निर्णय गर्ने भन्दै केही दिन माग गरेर बाहिरिएका थिए। कांग्रेसले समय मागेपछि सरकार संशोधन विधेयक पेश गर्न पाएन। 

नयाँ नक्सालाई आधिकारिकता दिन तथा नयाँ निशानछाप निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मतरुमपा संविधान संशोधन गराउने पक्षमा छन्। 

कांग्रेसका कारणका कारण संसदमा संशोधन विधेयक पेश हुन नसकेपछि नेता थापाले असन्तुष्टि जनाउँदै तत्काल निर्णय गराउन पार्टी नेतृत्वलाई दबाब दिएका हुन्। थापाले सभापति देउवालाई बिहीबार नै केन्द्रीय कार्यसमितिको बैठक डाकेर यसबारे निर्णय लिन भनेका छन्।

‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो', 'फास्ट ट्रयाक'बाट संविधान संशोधन पारित गर्नुपर्ने मत राख्दै थापाले भनेका छन्, 'सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.